हतियार देखाएर सर्लाही सदरमुकाम मलगंवामा लुटपाट

सांकेतिक तस्विर

सर्लाही । हतियार देखाएर सर्लाही सदरमुकाम मलगंवामा आइतबार साझ लुटपाट भएको छ । नगरपालिका चोकमा संचालन गर्दै आएकाे सुर्या चुरोटको डिलरको काउन्टरबाट ५ लाख ५० हजार रकम लुटेर लगेको मलगंवा नपा ३ का स्थानीय रामबिश्वास रायले जानकारी गराएका छन् ।

लुटपाटको समयमा काउन्टरमा आफू एक्लै रहेको पिडित रायले बताएका छन् । सर्लाहीमा केही समय यतादेखि सुरक्षा अवस्था खस्किएको छ । सर्लाहीका जनताहरुलाई प्रहरी प्रशासनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको स्थानीयहरुले बताएका छन् ।

जिल्लामा हत्या, हिंसा, लुटपाट र चोरी जस्ता अपराधका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ । प्रहरी डियुटी स्थल देखि मात्र ५० मिटरको दुरिमा रहेको काउन्टरबाट हतियारधारी लुटेराहरुले हतियार देखाएर पैसा लुटेको हो ।

प्रतिक्रिया