सिराहामा सिमा क्षेत्रका ब्यापारीमाथी अन्याय : भ्याटबिलको सामान समेत रोकिएको गुनासो

लहान । नेपाल भारत सिमानाकामा पर्ने नेपाली भूभागमा खोलिएका पसल तथा होटलका ब्यावसायीमाथी प्रहरीले अन्याय गरेको गुनासो गरेका छन । सिरहाका ठाँडी, झाँझपटी , बडहरी, कुसुण्डि, बरियारपटी, माडर लगायतका सिमावर्ती बजारका नेपाली ब्यापारीहहरुले प्रहरीले आफूहरुमाथी अन्याय गरेको गुनासो पोखेका हुन् । सिमा क्षेत्रका ब्यापारीहरुका अनुसार भ्याटबिल काटेर लहानबाट हुलाकी राजमार्ग कटाएर मालसामान ल्याउन प्रहरीले रोक लगाउँदै आएको छ । सिमाबर्ती हाटबजारका ब्यापारीले सिरहाको प्रमुख ब्यापारीक नाका लहानबाट होलसेल मुल्यमा मालसामान ल्याएर बेच्दै आएका छन् ।

हुलाकी राजमार्ग कटाएर समान ल्याउन प्रहरीले रोक्ने गरेको छ । सिमाबर्ती बजार झाँझपटीका एक किराना ब्यापारीले भ्याटबिल काटेर ल्याएको समाना समेत रोक्ने गरेको गुनासो गरे । ‘नेपालबाट नेपालमै भ्याटबिल काटेर समान खरिदबिक्रि र ढुवानी गर्न नपाउने यो कस्तो कानुन नियम हो ?’ भन्दै ति ब्यापारीले प्रश्न गरे । ‘२ कार्टुन भन्दा बढि सामान ल्याउन दिदैनन्,’ ति ब्यापारीले भने, ‘मटर , छहडा २५ देखी ३० हजार मुल्य भन्दा माथीको लान दिदैनन् । यसरी हामीलाई घाटा हुने गरेको छ ।’

बताईए अनुसार यहाँका सिमाबर्ती बजारका नेपाली ब्यापारीहरुले बढि मात्रामा लहानबाट मालसामान ल्याएर खुद्रा मुल्यमा बेच्ने गरेकाछन् । सीमा क्षेत्रका भारतीय बजारहरुले नेपाली ग्रहाक लक्षित ब्यापार गरिरहँदा नेपालतिरका ब्यापारीहरु लाई भने, ‘भारतिय ग्राहक लक्षित ब्यापार गर्न प्रहरीले रोक लगाएको छ ।’ भारततिरका ब्यापारीले दशगजामै जोडेर ठुलाठुला होलसेल पसल खोलेका छन्, उनीहरुलाई भारतिय प्रहरीबाट कुनै रोकतोक छैन, ति ब्यापारीको गुनासो थियो, तर हामीले भारतिय ग्राहक लक्षित होलसेल पसल खोल्न पाएका छैनौं । प्रहरीले दशगजा वारी होलसेल पसलका लागि आबस्यक भारीमात्रामा मालसामान ल्याउन दिदैन , ल्यायो भने पक्रिएर भन्सारमा बुझाउँछ ।

सिमाबर्ती नेपाली ब्यापारीहरुले प्रहरीले हुलाकी राजमार्गबाट मालसामान ल्याउन नदिएर आफूहरुलाई भारतिय नागरिकको जस्तो ब्यवहार गरेको भन्दै चित् दुखाए । हामीले भ्याट दर्ता गरेर राज्यलाई कर तिरिरहेका छौं, अर्का एक ब्यापारीले भने, ‘कर तिरेर भारतिय ग्रहाक लक्षित ब्यापार गर्न नपाईने यो कस्तो न्यायप्रणाली हो ? यो कस्तो नियम कानुन हो ? म यो सरकारलाई प्रश्न गर्न चहान्छु ।’

यहाँका सिमाबर्ती बजारहरुमा चाईनिज ब्ल्यांकेट, चाईनिज मोबाईल, मटर, छहडा, सुपारी, मदिरा, म्याजिक चप्पल, चाईनिज जिन्सको पाईन्ट, जुत, नेपाली चुरोट, चाईनिज घडी , कोरियन पाईन्ट, पान गुट्खा, नेपाली ब्राण्डका चाउचाउ , सनफ्लावर तेल, पत्रक, ऐलैची, स्याउ, नास्पाती लगायत चाईनिज उत्पादन र नेपाली उत्पादनहरु पाईन्ट, भेष्ट , बिस्कुट, पानी लगायत सामाग्रीहरुको माग उच्च छ ।
सिमाक्षेत्रका भारतिय बजारमा ब्यापारीहरुले निर्बाद ब्यापार गरिरहँदा सिमाक्षेत्रका नेपाली हाटबजार भने सुनसान प्रायः छ ।

लहानबाट भ्याटबिल काटेर समेत मालसामान ल्याउन नेपालका सुरक्षाकर्मीहरुले रोक लगाईरहँदा भारतिय बजारबाट भने निर्बाध रुपमा मालसामान नेपाल भित्रिरहेका हुन्छन् ।
अर्का एक ब्यापारी भने, ‘कि सरकारले हामीलाई पसल खोल्ने अनुमती नै नदेओस् न त ? पसल दर्ता गर्न दिने, भ्याटको प्रमाणपत्र पनि दिने अनि ठुलै ब्यापार गर्छु भन्दा सामान ल्याउन नदिने ? यो त अन्याय भयो नि ।’

‘मालबाहक ४ चक्के यातायातका सबारीसाधन हुलाकी राजमार्ग कटाउन पूर्ण रुपमा बन्देज गरिएको छ ।’ ति ब्यपारीले भने, ‘जबकि हुलाकी राजमार्गबाट दशगजाको दुरी कतै ४ किलो मिटर छ भने कतै ८ किलो मिटर सम्म छ ।’
सिमा क्षेत्रमा तैनाथ जनपद, शसस्त्र प्रहरी तथा जनपद र शसस्त्रका सिभिल (घुमुवा) हरुले लहानबाट सिमाबर्ती बजार लैजादै गरेका मालसामानहरु हुलाकी राजमार्ग कटाउनसाथ पक्रिएर भन्सार छलि गरेको भन्दै भन्सार कार्यालयमा बुझाईदिंदा यस क्षेत्रका ब्यापारी मर्कामा परेका छन् ।

प्रतिक्रिया