दुई स्वास्नीको पोई बने गोपाल

काठमाडौं । नयाँ हाँस्य शृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसि रोई’ को प्रसारण प्रारम्भ हुने भएको छ । योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८ः३० बजेदेखि प्रसारण हुन लागेको हो । राजधानी र यसको आसपासमै छायांकन भइरहेको उक्त शृंखला युट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त शृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।

गीता नेपाल (दाउरी) को लेखन रहेको यो शृंखलालाई ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् । शृंखलामा हास्य अभिनेता गोपाल ढकाल छन्देले दुई श्रीमतीको श्रीमान्को भूमिका निर्वाह गरेका छन् । त्यस्तै, शृंखलामा छन्देसहित अभिनेत्री शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, सुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारले अभिनय गरिरहेका छन् । काठमाडौंको काभ्रेस्थली (भेडीगोठ) क्षेत्रमा छायांकन गरिएको यो शृंखलाका छायांकार राजु श्रेष्ठ हुन् । शृंखलामा मनोज ढकालको शृंगार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन छ ।

प्रतिक्रिया