लागु औषध दुव्र्यसन विरुद्ध सचेतना

पाँचथर । फिदिम नगरपालिका ४ श्री गढी माध्यामिक बिद्यालयमा शुक्रबार लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । सचेतना कार्यक्रम पुर्वप्रहरी संगठन पाँचथरले आयोजना गरेको हो । बालबालिकाहरु लाई पुर्व प्रहरी प्रदेश १ का अध्यक्ष इन्द्रप्रसाद ओलीले सहजीकरण गरेका थिए ।

लागुऔषध अभियन्ता ओलीले लागुपदार्थको परिचय , लागुपदार्थमा कसरी फसिन्छ ,दुव्र्यसन भनेको के हो?, लागुपदार्थको असर, लागुपदार्थ प्रयोगकर्ताको स्वंयममा पर्ने असर, स्कुल कलेजका बिद्यार्थी दुव्यसनको धरापमा कसरी पर्छन र समुह व्यवहारमा दौतरीहरुको कुःप्रभावमा पर्ने सम्भावनाको विषयमा जानकारी दिएका थिए । त्यस्तै, लागु पदार्थलाई कसरी इन्काउन्टर गर्ने, लागु पदार्थ दुव्यसनिबाट कसरी बच्ने, कसैले लागु पदार्थ सेवन गर्न प्रस्ताव गरेमा सफलतापूर्वक नाई भन्ने केहि तरिकाहरु को बिषयमा अभिभावक र बालबालिकालाई अभियान्ता ओलीले सचेतना गराएका थिए ।

अभियान्ता ओलीले नेपालमा र जिल्लाहरुमा दुव्र्यसनि प्रभावित भएका तथ्याङक प्रस्तुत गर्दै लागुपदार्थ सेवन गर्नेलाई कानुन अनुसार सजाय हुने र भइरहेको बताए । उनले अभिभावक र बालबालिकाहरुलाइ लागुऔषध बिरुद्ध सेवन र नलाग्ने साथै निरुत्साहित गर्न संकल्प पनि गराएका थिए ।

उक्त बिद्यालयमा १४ जना फरक क्षमता भएका बालबालिका रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र लावतीले जनाए । कार्यक्रममा वडाध्यक्ष तथा युवा, समाजसेवि प्रकास गुरुङले आगामी वडाको योजनामा लागुऔषध दुव्र्यसनिमा बजेट बिनियोजन गरी सचेतनाअभियान सञ्चालन गरीने प्रतिबद्धता जना ।

कार्यक्रमा मानवअधिकार संगठनका केन्द्रिय सदस्य सुर्य कुमार निरौला , उपेन्द्र लावती, प्रअ मान्धोज थाम्सुहाङ, पुर्व प्रहरी संगठन पाँचरका जिल्ला अध्यक्ष शंकर थापा, प्रहरी संगठन प्रदेश एकका संयोजक बाबुराम श्रेष्ठ लगायतले आ–आफ्ना भनाइहरु राखेका थिए ।

प्रतिक्रिया