खानेतेल : व्यापारीको भाउ मनपरी

काठमाडौं । नेपाली बजारमा अहिले खाने तेलको भाउ फरक–फरक भेटिन थालेको छ । एउटै ब्राण्डको तेलमा पनि फरक–फरक एमआरपी मूल्य राखेर बजारमा पठाउने गरेको पाइएको हो । पछिल्ला महिनामात्रै तेलको मुल्यमा ३० प्रतिशत वृद्धि भईसकेको छ । जसले गर्दा सर्वसाधारण आर्थिक रुपमा झन् कमजोर देखिएका छन् । लामो समयको कोरोना र त्यसक्रममा लागेको लकडाउनले पिल्सिएका उपभोक्ता महँगीको मारमा परेका हुन् । दैनिक उपभोग्य सामानमा एक्कासि भारी मात्रामा मूल्य बढ्दा उपभोक्ताको चुल्हो महँगो भएको हो । पछिल्लो महिना खाने तेल, चामल, केराउलगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । यसमध्ये मनपरी ढंगले भाउ बढेको भनेको खानेतेलमा रहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।

एक महिना अगाडि भटमासको तेल प्रति लिटर १६५ एमआरपी मूल्य भएकोमा अहिले २१० देखि २२५ सम्म पुगेको छ । त्यो पनि व्यापारीले हेरी हेरी आफू अनुकुल लिने गरेका छन् । सनफ्लावरको तेल प्रति केजी केही दिन अघि १८५ एमआरपी मूल्य भएकोमा अहिले २२५ पुगेको छ । यसै गरी तोरीको तेलमा पनि मूल्य बृद्धि भएको व्यापार संघको भनाइ छ । यसको साथै बढी मात्रमा हरियो केराउको मूल्य केही दिन अघि प्रति केजी ९० रुपियामा पाइनेमा बढाएर एक सय रुपियाँ पु¥याएको छ । चामलमा प्रति बोरा एक सय रुपियाँसम्म बढाएको पाइएको छ । सबै व्यवसायीले नेपालमा उत्पादन नभएको र विदेशबाट ल्याउनु पर्दा महंगो भएको दावी गरिरहेका छन् । नेपालमा उत्पादित चामलले नपुगेको कारण भारतबाट आयात गर्नुपरेको कारण चामलको मूल्य बढेको व्यवसायी बताउँछन् । उनिहरुका अनुसार भारतमा पनि चामलको अभाव भएपछि त्यहाका व्यापारीले म्यानमारबाट ल्याउने गर्दा झनै मंहगो परेको दावी गरिरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागबाट तेलको विषयमा नियमित अनुगमन भइरहेको र गलत गर्नेलाई कारबाही गर्ने दावी गरिरहेका छन् । पछिल्लो समय खाने तेलमा विदेशीमा कच्चा प्रदार्थको मूल्यवृद्धि भएको कारण मूल्य बढेको भन्ने सुन्नमा आएको यस विषयमा विस्तृत जानकारी र अनुगमन गरि जानकारी लिने काम भइरहेको महानिर्देशक सुवेदी बताउछन् । तर, लामो समय वितिसक्दा पनि तेलको मुल्य भने घटेको छैन वा भाउ बढाउनुपर्ने चित्त बुझ्दो कारण आम उपभोक्ताले पाउन सकेका छैनन् ।

अहिले विभिन्न बहाना बनाएर सामानको मूल्य बनाउने कुनै कारण नभइएकोले मूल्यबृद्धि गर्ने माथि कारबाही गरेरै छाड्ने उनले दाहो¥याए । यसै गरि निर्माण सामाग्रीमा पनि विना कारण सामानको मूल्य बढाएको पाइएको बताउँदै उनीहरुमा माथि पनि निगरानी गरिरहेको महानिर्देशक सुवेदीको भनाई छ । उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनुपरेको बताउँदै आएका छन् । विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुकलगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् ।

प्रतिक्रिया