बञ्चरो प्रहारद्वारा पत्नीको मृत्यु

सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा पतिको बन्चरो प्रहारबाट पत्नीको मृत्यु भएको छ । शुक्रबार राती १२ बजेको समयमा जिल्लाको हरिहरपुर गढिगाउँपालिका–१ चिसापानी बस्ने अन्दाजी ३५ वर्षकी राममाया घलानलाई उनकै पतिले बञ्चरोको पासोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन ।

राममायाको जिल्ला अस्पताल हेटौँडा मकवानपुरमा उपचारको क्रममा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बञ्चरो प्रहार गर्ने ४० वर्षीय शेरबहादुर बजु हाल फरार रहेको साथै उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया