डस्ना उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

स्याङ्जा । वालिङ–१० भकुण्डेको एक सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार १२ बिजुली सट भई आगलागी भएको प्रहरीले जनाएको छ । स्टार सिरक डस्ना उद्योगमा आगलागी भएपछि स्थानीयवासी, प्रहरी र वालिङ नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले जनकारी दिए ।

उक्त आगजनीबाट करिव १५ लाखको क्षति भएको उद्योगका सञ्चालक टीकाराम पाण्डेले बताए । उद्योगको मेसिन, कपास, बेच्न तयारी भएको सिरक डस्ना र भवनको संरचना पूर्ण रूपमा क्षति भएको पाण्डेले बताए । लामो समयको लक डाउनका कारण बेच्न तयारी अवस्थामा ठूलो परिमाणमा रहेको सिरक डस्नामा क्षति पुगेको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया