अदालतलाई दबाब दिन हुँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतलाई कुनै पनि पार्टीले दबाब र प्रभाव दिन नहुने बताएका छन् । गृहजिल्ला हेटौँडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै १४ वर्ष देखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए ।

साथै, उनले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने विश्वास व्यक्त गरेका छन् ।

अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए । आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले बिप्लब माओवादी देखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे ।

भ्रस्टाचार ,कुशासन, धर्मपरिवर्तन,बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया