तलबभत्ताबाट वडाअध्यक्षले बाँडे ज्याकेट

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाका–१ वडाध्यक्ष काफ्लेले तीन सय थान ज्याकेट वितरण गरेका छन् । सरकारले दिने सेवा सुविधा बापतको तलब, भत्ताबाट गाउँपालिका–१ भिरकोटका वडाध्यक्ष महेश काफ्लेले विपन्न, दलित, अपांग र ज्येष्ठ नागरिकहरूलाई तीन सय थान ज्याकेट वितरण गरेका हुन् ।

आपूm निर्वाचित भएपछि आफ्नो तलब भत्ता गरिब, विपन्न र दलितहरूको सेवामा खर्च गर्ने घोषणा गरेको र यो वर्ष गाउँपालिकाको हाँवाका विपन्न नागरिकलाई ज्याकेट वितरण गरिएको वडाध्यक्ष काफ्लेले बताए । निर्वाचित भएदेखि नै अध्यक्ष काफ्लेले प्रत्येक वर्ष तलबभत्ताबाट विपन्न, दलित, अपांग र ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएका छन् । गतवर्ष माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर हाल्न नसक्ने माझीबस्तीका स्थानीयहरूलाई आर्थिक सहयोग गरेका थिए ।

दृष्टिविहीन र विपन्न बालबालिकाहरूलाई पढ्न छात्रवृत्तीको व्यवस्था गरेर जिल्लामा नै चर्चामा आएका वडाध्यक्ष काफ्लेले कोरोनाको बेलामा तामाकोसी गाउँपालिका भरिका स्वास्थ्यचौकीहरूमा पिपिइ, मास्क, सेनिटाइजरलगायत मेडिकल सामग्रीसमेत वितरण गरेका थिए ।

प्रतिक्रिया