स्वास्थ्य परीक्षणसहित अपांगता परिचय पत्र वितरण

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले अपांगता भएका आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षणसहित परिचयपत्र वितरण गरेको छ । विभिन्न प्रकृतिका अपांगता भएका नागरिकहरूका लागि आउने जाने सवारी सुविधासहित निःशुल्क स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा नवीकरण गरेको हो ।

गाउँपालिकाका २ सय ६० जनाको स्वास्थ्य परिक्षण, १ सय ८६ जनालाई अपांगता कार्ड वितरण, २० जनाको अपांगता कार्ड नवीकरण गरिएको र अपांगता रहेकाहरू रगत परीक्षणसमेत गरिएको तामाकोसी गाउँपालिका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिए ।

कार्यक्रममा दक्ष तथा अनुभवी डाक्टरहरूबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, अपांगता भएका नागरिकलाई सहयोग गर्नुपर्ने आवश्यक सामग्रीको टिपोट, अपांगता परिचयपत्र वितरण फिजियोथेरापी तथा हाडजोर्नी र नसाको चेकजाँचसमेत गरिएको गाउँपालिकाले जनाएको छ । बुधबारबाट सुरु गरिएको अपांगता शिविर बुधबार सप्पन्न भएको थियो ।

प्रतिक्रिया