केयर गिभरका लागि इजरायल जान के के छन मापदण्ड ?

काठमाडौं । नेपाल र इजरायलबीच बिहीबार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर भएको छ । सम्झौतामा केयर गिभरका लागि नेपालीहरु कामदारका रुपमा इजरायल जान पाउने भएका छन् । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर भएका हो ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेर नेपालबाट इजरायलमा श्रमिक पठाउने प्रक्रिया सुरु गरेका हुन् ।

उक्त सम्झौताआनुसार पहिलो चरणमा नर्सिङ क्षेत्र हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टरमा नेपाली केयर गिभर इजरायल जान पाउने भएका छन् । ‘जी टु जी’ अनुरुप नेपाली कामदार इजरायल जान पाउनेछन् । मासिक कमाइ एक हजार डलरभन्दा धेरै कमाइ हुने भएकाले इजरायल जान आवेदन दिनेको संख्या भने धेरै हुन सक्ने विभागले जनाएको छ । तर पहिलो चरणमा पाँच सयजना मात्र इजरायल जान पाउने भएका हुन् ।

यसअघि पनि नेपालबाट इजरायल जान पाउने निर्णय भएको थियो । तर व्यक्तिगत रुपमा घरायससी कामदारका रुपमा जाने भएका कारण नेपालबाट इजरायल जानका लागि रोक लगाइको थियो । गएको असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायलमा काम गर्ने नेपालीलाई इजरायली नागरिकसरहको सेवा(सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो । यो सम्झौता इजरायलसँग भएको जीटुजी सम्झौताको पहिलो र आगामी दिनमा अन्य क्षेत्रमा कामदार पठाउनका लागि सम्झौता हुने नेउपानेले बताएका छन् ।

के छन् मापदण्ड ?
केयर गिभरका लागि इजरायल जान २५ देखि ३५ वर्षसम्मका उमेर समूहले अनलाइनबाटै आवेदन दिन पाउनेछन् । आवेदन दिने व्यक्तिको उचाइ ५ फिटभन्दा धेरै भएको, ४० केजीभन्दा बढी तौल भएको हुनुपर्ने छ । नेपालको यसअघि इजरायलमा काम नगरेको तथा कामदारको एकघरको परिवार इजरायलमा नभएकोले मात्र आवेदन दिन पाउनेछन् । आवेदक कानुनबमोजिम कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने बताइएको छ ।

१२ कक्षा पास गरेर कम्तिमा तीन महिना केयर गिभरको तालिम लिएको अथवा १० कक्षा पास गरी अनमी, सीएमए, नर्सिङ गरेको हुनुपर्नेछ । यसका साथै अंग्रेजी भाषा उत्तीर्ण ९लिखित तथा अन्तर्वार्ता दुवै० ले अवेदन दिन पाउने विभागले जनाएको छ ।

प्रतिक्रिया