एनआइसी एशिया लघुवित्तद्धारा रकम प्रदान

काठमाडौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती लाईफ इन्स्योरेन्स सँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आइरहेको छ ।

संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतिको मृत्यु भएकोमा उक्त रकम मृतकको पति नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो । संस्थाले हाल १ सय २० शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया