कोरोनाबाट दुई महिलाको मृत्यु

काठमाडौं । कोरोनाबाट पोखरामा दुई जना महिलाको मृत्यु भएको छ । दुवै महिलाको उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ३५ वर्षीया महिला र स्याङ्जाकी ७० वर्षीया बृद्धा महिला रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मृत्यु भएकी पोखराकी ३५ वर्षीय महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

साथै, बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएकी स्याङ्जाको गाँउपालिका– ५ की ७० वर्षीया महिलामा गत मंगलबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा कोभिड निमोनियाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया