आफू मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठग्ने पक्राउ

काठमाडौं । प्रहरीले आफू राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठग्ने एक जनालाई पक्राउ गरेको छ । मंगलबार पक्राउ परेका ती व्यक्तिले अमेरिका पठाइदिन्छु भन्दै ठग्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा संखुवासभा पाँचखान गाउँपालिका– ५ खमारेका तुलसी थापा रहेका छन् । प्रहरीले उनलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका– ७ मित्रपार्क बस्दै आएका ती थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाएर ठग्दै आएको प्रहरीको भनाइ छ । उनले अमेरिका लैजाने प्रलोभन देखाएर १५ लाख रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया