वडा र स्वास्थ्य केन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण

मुगु । जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रका भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ८ शिवनगर ढोटुमा निमार्ण सम्पन्न भएका दुई भवन आधारभुत स्वास्थ्य केन्द्र र वडा कार्यालय भवन र गत शुक्रबार र वडा नं ९ मुर्मामा निमार्ण सम्पन्न भएको आधारभुत स्वास्थ्य केन्द्र गत मंगलबार छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले उद्घाटन गरि भवन वडा कार्यालय लाई हस्तान्तण गरिएको हो ।

अहिले निमार्ण सम्पन्न भएका वडा नं ८ र ९ वडाका वडा भवन र आधारभुत स्वास्थ्य केन्द्र वडा कार्यालयलाई हस्तान्तण गरीएको छ । बाँकी वडा निमार्णधीन अवस्थामा रहेकाले निमार्ण सम्पन्न पश्चात उक्त भवन पनि वडा कार्यालय लाई हस्तानण गरिने नगर प्रमुख हरिजंग शाहीले बताए ।


उनका अनुसार नगरपालिका भित्रका प्रत्येक १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिने छन । नागरिकको सेवा र स्वास्थ्यको सहज पहुँचकालागि छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका प्रत्येक वडामा ४५ लाख बराबरको वडा कार्यालय भवनतथा ३८ लाख बराबरको आधारभु स्वास्थ्य केन्द्र निमार्ण भईरहेका छन ।


अहिले निमार्ण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्र भवनमात्र वडा कार्यालय लाई हस्तान्तण गरिएको छ । बाँकी निमार्णधीन अवस्थामा छन ।

घरको आगनमै स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि छायाँनाथ रारा नगरपालाका वडा नं ८र ९ का स्थानीय अब बिरामीलाई उपचारमा सहज हुने बताउछन । सामान्य बिरामी भए घण्टाैं हिडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको भन्दै सबैको मुहारमा खुसी छाएको छ ।
यसलाई अझै नियमित र ब्यबस्थित गर्न गर्नु पर्ने नागरिकका सेवा र सुविधाका निम्ति वडा कार्यालयले पनि नगरपालिका संग समन्वय गरि हरेक सेवा सुविधाको ब्याबस्था गरिनु पर्ने वडा नं ९ का स्थानीय लोक रोकायाले बताए ।

प्रतिक्रिया