खोजखबर

केयूको उपकुलपतिमा प्रा भोला थापा नियुक्त

सौर्य अनलाइन २०७७ माघ ७ गते १४:०२ मा प्रकाशित

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा भोला थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको सिफारिसमा प्रा थापालाई विश्वविद्यालयको कुलपतिमा नियुक्त गरेका हुन्। प्रा थापा विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा स्कुल अफ इञ्जिनियरिङका पूर्व डिनका रूपमा काम गरिसकेका छन्।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित काठमाडौं विश्वविद्यालय उपकुलपति छनौट समितिले प्रा थापासहित तीन जनाको नाम सोमबार सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको बताएको थियो।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय