अर्थबजार

एनसेल सिम फोरजी अपग्रेडमा डेटा बोनस

सौर्य अनलाइन २०७७ माघ ६ गते २०:३५ मा प्रकाशित

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन ।

यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने एनसेलले जनाएको छ । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधि गेम्स,भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्य सजिलै गर्न सकिन्छ ।

सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर दु्रतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्ने पनि जनाएको छ ।

यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय