ज्योति विकास बैंकद्वारा बेबी वार्मर प्रदान

काठमाडौ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रबद्र्धन कोष’ बाट महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक/एक थान बेबी वार्मर प्रदान गरेको छ । महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

महाकाली अञ्चल अस्पतालमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्याल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सीद्वारा संयुक्त रुपमा महाकाली अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

प्युठान जिल्ला अस्पतालमा आयोजित अर्को कार्यक्रममा बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका बाग्दुला शाखाका शाखा प्रबन्धक दीपक खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सीले संयुक्त रुपमा प्युठान नगरपालिका वडा नं ४ प्युठानका वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्ले र अस्पताल व्यवस्थापक राजन घिमिरे लाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया