इसेवा मनि ट्रान्स्फर र लिगल रेमिट सम्झौता

काठमाडौ । इसेवा मनि ट्रान्स्फर र अष्टे्लियाको रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सँगै अष्टे्लियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतामा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन ।

अष्टे«लियाबाट नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैया अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।  इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

प्रतिक्रिया