सांगीतिक बहसमा सक्रिय सञ्चारकर्मी रायमाझी

काठमाडौं । सञ्चारकर्मी राजकुमार रायमाझी पछिल्लो समय सांगीतिक बहसमा सक्रिय हुँदै आएका छन् ।

मनास्लु अनलाईन टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रम सांगीतिक बहसमा नेपाली सांगीतिक क्षेत्रका नयाँदेखि पुराना तथा अग्रज कलाकारहरुलाई आमन्त्रित गरेर यस क्षेत्रमा भएका विभिन्न विषयका प्रसंगलाई समेट्दै कलाकारीतासँग सम्बन्धित बहस कार्यक्रम सञ्चालन गरिएको रायमाझीले जानकारी दिए ।

गत माघ १ गतेबाट सुरु गरेको उक्त बहस कार्यक्रम प्रत्येक दिन बिहान ८ बजेदेखि ८ः३० सम्म सञ्चालन हुने उनको भनाइ छ । प्रत्येक दिन कलाकारहरुलाई कार्यक्रममा उपस्थित गराउन र कलाकारहरुले पनि विभिन्न कारण समय दिन नभ्याउने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

‘महिनामा एक दिन तथा हप्ताको अन्तरालमा जस्तो कलाकारहरुलाई उपस्थित गराउँन र कलाकारहरुले पनि प्रत्येक दिन समय दिन भ्याउने अवस्था त नहोला, तर पनि हामीले कार्यक्रमलाई शसक्त रुपमा अगाडि बढाउँने कोसिस गरेका छौँ’, उनले भने ।

यस कार्यक्रमको निर्माता तथा निर्देशक मन बहादुर पुन रहेको सञ्चारकर्मी राजकुमारले बताए । यस सांगीतिक बहससँगै कलाकारीता भित्र भए–गरेका विभिन्न बिकिर्ती र बिसंगतीमा कमी आउने आशा लिएको उनले धारणा राखे ।

प्रतिक्रिया