राजुको संगीतमा ‘चिनो रुमाल’

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक अशोक अर्यालको आवाज रहेको लोकदोहोरी गीत ‘चिनो रुमाल’ को भिडियो सार्वजनिक भएको छ । मायाप्रेमको विषयमा केन्द्रित रही निर्माण गरिएको गीतमा एक जोडीको प्रेम प्रसंगलाई कलात्मक रुपमा उतारिएको छ ।

सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना रहेको गीतको भिडियो छायांकन दुर्गा पौडेलले गरेका छन् । भिडियो नवीन घर्ती मगरको सम्पादन, मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । भिडियोमा गायक तथा मोडल प्रकाश सपुत र प्रियाना आचार्य मुन्नीको अभिनय छ ।

प्रतिक्रिया