‘मनको ताराले’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार सुमन बैरागी पण्डितको शब्द रहेको गीत ‘मनको ताराले’ सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार पारिएको यस गीतमा गायक लवकुमार भट्टको आवाज रहेको छ । गायक लवकुमारले नै संगीत भरेको यस गीतमा महेशविक्रम पाण्डेको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो डिपलभ क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक भट्टकै निर्देशनमा तयार पारिएको भिडियोमा किबोर्डमा हिरा खनाल, मादलमा मोहन गोर्खाली, तबलामा राजु परियार र गिटारमा महेशविक्रम पाण्डेलाई देख्न सकिन्छ ।

गायक भट्टले यसअघि दुई दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । पछिल्लो समय सार्वजनिक यस ‘मनको ताराले’ गीतमा माया प्रेमका प्रसंगलाई उठान गरेर शब्द सिर्जना गरिएको सञ्चारकर्मी एवं गीतकार बैरागीले बताए ।

प्रतिक्रिया