कोका कोलाको ‘कोक र खाना अभियान’

काठमाडौं । कोका–कोलाले ‘कोक र खाना’अभियान सहित ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’भन्ने नारा सहित कोकसंग खाँदा साधारण खानापनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई पुनःस्थापना गरेको छ ।  विगत ५ वर्ष देखि कोका–कोलाले मोःमोःउत्सव पर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ । यो बर्षको अभियानमा का(कोलाले मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टत मनाउँदै आएको छ ।

यस अभियानको बिषयमा नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले यो अभियान घरमै खाना र विशेष क्षण साट्ने बारेमा भएको र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्नेमा जोड दिएको पनि कोकाकोलाले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेका अुनसार कोक र खाना अभियान विश्वव्यापी रूपमा सफल भएको र कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तम साझेदारका रूपमा स्थापित गरेकाले यसलाई नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताएको पनि कोका कोलाले जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया