पाँचथरका आठवटै स्थानीय तहमा कांग्रेसको ब्यापक विरोध प्रदर्शन

पाँचथर । पाँचथरमा नेपाली कांग्रेस गाउगाउमा जागेको छ । शनिबार कांग्रेसले पाँचथरको आठ वटै स्थानीय तहमा ब्यापक विरोध प्रदर्शन गरेको छ । संसद विघटनविरुद्ध दोस्रो चरणको विरोध प्रदर्शनका अन्र्तगत विरोध सभालाई पालिकामा जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

उक्त सभालाई सम्बोधन गर्दै वक्ताहरुले विघटनलाई संविधान माथिकै ‘कू’ को संज्ञा दिँदै संविधान बचाएर मात्र निर्वाचनमा जाने बताए । विरोधसभामा बोल्ने अधिकांश नेताहरूले गैरसंवैधानिक कदम सच्याउन र मध्यावधि निर्वाचन हुने सुनिश्चितताको माग गरेका छन् ।

नेताहरूले नेकपाका दुवै समूहतर्फबाट कांग्रेसलाई आएका प्रस्ताव अस्वीकार गर्दै गैर संवैधानिक कदमको पछि प्रधानमन्त्री मात्र नभइ पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको पनि उत्तिकै भूमिका रहेको आरोप लगाए थिए । यता जिल्लामा भने नेकपाका नेताहरु आ–आफ्ना पक्षमा लाग्न कार्यकर्ता तानातानमा देखिएका छन् । कांग्रेस भने जिल्लामा संगठन बिस्तार र अहिलेको अवस्थाबारे जनजागरणमा लागेको देखिएको छ ।

एकै चोटी निस्कीएका जिल्लाका नेताहरु, तुम्वेवा पालिकास्तरीय विरोध सभालाई नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, पार्टीका महासमिति सदस्य सुरेन्द्र कुमार दाहाल, तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापा, पार्टी जिल्ला सदस्य हंश राई, डेकेन्द्र तामाङ, नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्य, नेपाल तरुणदल जिल्ला उपाध्यक्ष बाबुराम खड्का, तुम्बेवा वडा नम्बर ४ का वडाअध्यक्ष दिलेन्द्र शेर्मा, वडा न.५ का वडाअध्यक्ष कुलदेव कुरुम्बाङ, नेपाल महिला संघको तर्फबाट संगिता भण्डारी खड्का, पालिकाका वडा सभापतिहरु लगायतले बोलेका थिए ।

सभापति ज्ञान बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन रविलाल श्रेष्ठले गरेका थिए ।यस्तै, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ मा नगरपालिकास्तरीय कार्यक्रमलाई नेपाली कांग्रेस पाँचथर जिल्ला उपसभापति मित्र प्रसाद काफ्ले, पार्टीका पूर्व कोषाध्यक्ष केदारनाथ बास्कोटा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी मधु जवेगु, काग्रेस पाँचथर (क) क्षेत्रका कोषाध्यक्ष रमेशभगत प्रधानंग, पार्टीका आमन्त्रित जिल्ला सदस्य गजेन्द्र राई, नेपाली कांग्रेस तरुणदल विभाग सचिवालय सदस्य देवी न्यौपाने, युवासंघ पाँचथरका अध्यक्ष दिपक नेपाल, फिदिम वडा नम्बर १ का सभापति सुभराज थापा, नेविसंघ पाँचथर उपाध्यक्ष धनकुमार लावती, पार्टीका महिला नेतृ विमला हाङसरुम्बा लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी, पाँचथरको मिक्लाजुङको रविमा भएको पालिकास्तरीय विरोध सभालाई नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु, नेपाली कांग्रेस प्रदेश (ख) का क्षेत्रिय सचिव नगेन लामा, नेपाली कांग्रेस सूचना तथा सञ्चार प्रचार विभाग केन्द्रीय सदस्य विपेन्द्र गौतम, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष तथा क्रियाशिल युवा पत्रकार जितेन्द्र भण्डारी, मिक्लाजुङ २ का वडा सभापति महेन्द्र थापा, नेपाल शिक्षक संघ मिक्लाजुङ गाउँपालिका संयोजक रोहित रिजाल लगायतले सम्बोधन गरेका थिए ।

मिक्लाजुङ गाउँपालिका सभापति जय चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिक्लाजुङ २ का वडा सभापति तथा वडा अध्यक्ष सन्तोष शेर्माले गरेका थिए ।

यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको विरोध सभालाई नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव वृजहाङ आङदेम्बे, कांग्रेस प्रदेशसभा पाँचथर (क) का क्षेत्रिय सभापति समर बहादुर अधिकारी, सचिव भगिश्वर योङहाङ, नेपाल महिला संघ जिल्ला सदस्य तारा कुमारी योङहाङ, नेपाल तरुणदल केन्द्रीय सदस्य देउ कुमार योङहाङ, नेविसंघ पाँचथर जिल्ला सचिव प्रदिप भण्डारी, हिलिहाङ १ का पार्टी सभापति सन्तोष लिङदेन, २ का सभापति हेलेन कुमार न्यौपाने, ३ का सभापति ज्ञान बहादुर कटुवाल, ४ का सभापति टेकराज योङहाङ, ५ का सभापति देवी प्रसाद योङहाङ, ६ का सभापति देवराज नेम्वाङ, ७ का सभापति होम थापा लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी, फालेलुङ गाउँपालिकामा भएको विरोध सभालाई नेपाली कांग्रेस पाँचथर जिल्ला सहसचिव बालकृष्ण ओझा, जिल्ला सदस्य जय बास्कोटा, फालेलुङ गाउँपालिका अध्यक्ष संच कुमार केरुङ, उपाध्यक्ष हिमा अधिकारी, पार्टीका आमन्त्रित जिल्ला सदस्य गणेश थाम्सुहाङ, नेपाल शिक्षक संघ प्रदेश समिति सदस्य सुरेन शिशिर केरुङ, पार्टीका क्षेत्रिय सदस्य खगेन्द्र जवेगु, पालिका वडा नम्बर ७ का सभापति टेक बहादुर गुरुङ, पालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्ता जिवन राई, वडा नम्बर ७ का वडाध्यक्ष शेर बहादुर केरुङ, नेविसंघ जिल्ला सहसचिव मोतिहाङ केरुङ, नेपाल शिक्षक संघ जिल्ला सदस्य होमप्रसाद खनाल लगायतले सम्बोधन गरेका थिए ।

साथै, कुम्मायक गाउँपालिकामा भएको विरोध सभालाई नेपाली कांग्रेस पाँचथर जिल्ला पूर्व उपसभापति जयप्रसाद रिजाल, कांग्रेस प्रदेशसभा (ख) क्षेत्रका क्षेत्रिय सभापति बम प्रसाद लावती, पार्टीका आमन्त्रित जिल्ला सदस्य टंक पौडेल, तरुणदल जिल्ला अध्यक्ष समुन लामा, नेविसंघ जिल्ला सदस्य रोशन रिजाल, महिला संघ कुम्मायक गाउँपालिकाकी अध्यक्ष मन कुमारी शेर्मा, पार्टीका संगठन विभाग सदस्य चन्द्र प्रसाद निरौला लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रम गाउँपालिका सभापति तुलसी प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन वडा नम्बर ५ का सभापति दुर्गा बम्जन तामाङले गरेका थिए ।

त्यसैगरी, याङवरक पालिकामा भएको विरोध सभालाई पार्टीका आमन्त्रित जिल्ला सदस्य भवानी खतिवडा, जिल्ला सदस्यहरु रण बहादुर तावा, आमन्त्रित जिल्ला सदस्य अमृत योङया, आमन्त्रित जिल्ला सदस्य महेन्द्र सेलिङ लगायत पार्टीका सम्पूर्ण वडा सभापतिहरुले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम पालिका सभापति तिल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरी, फाल्गुनन्दमा भएको विरोध सभालाई नेपाली कांग्रेस पाँचथर जिल्ला आमन्त्रित सदस्य धनराज तुम्बापो, पार्टीका पूर्व जिल्ला सदस्य सुरेन्द्रराज आङदेम्बे, आमन्त्रित जिल्ला सदस्य नन्द नेम्वाङ, भक्तश्वर आङदेम्बे, मणिचन्द्र चेम्जोङ, कांग्रेस पाँचथर प्रदेश (ख) का उपसभापति चन्द्र कुमार आङदेम्बे, फाल्गुनन्द वडा नम्बर ६ का वडा अध्यक्ष नारायण आङदेम्बे, ७ का वडा अध्यक्ष लिलाबल्भ नेपाल, फाल्गुनन्द शिक्षक संघ अध्यक्ष अशोक आङदेम्बे, वडा न.६ का सभापति वेद प्रसाद रिजाल, नेपाल तरुणदल जिल्ला सदस्यहरु गजेन्द्र चेम्जोङ, टंक परियार, फाल्गुनन्द गाउँपालिका शिक्षा समिति सदस्य रघुविर नेम्वाङ, विपी कोईराला यूवा नेतृत्व विकाश मञ्च जिल्ला अध्यक्ष विजयहाङ आङदेम्बे, फाल्गुनन्द गाउँकार्यपालिका सदस्य बन्दना सेलिङ लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया