खोजखबर

सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

सौर्य अनलाइन २०७७ माघ ४ गते १२:०८ मा प्रकाशित

काठमाडौं । आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्ने भएको छ । कान्तिपथस्थित आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको र आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन नै घोषणा गरेका छन । प्रतिनिधिसभा विघटन पश्चात प्रधानमन्त्री ओलीको चौतर्फी आलाचना पनि भईरहेको छ । त्यस्तै नेकपा पार्टि पनि दुई भागमा विभाजन भई ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय