आज काठमाडौंका यी स्थानमा बत्ति जाने

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मतको काम गर्नुपर्ने भएकोले बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ स्थानमा बत्ति जाने भएको हो ।

प्राधिकरणले हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबुलगायतका स्थानमा विद्युत् कटौती गरिने जनाइएको छ । मर्मतको काम सकिएपछि बिजुली दिइने जनाइएको छ ।

प्रतिक्रिया