अस्मिता अधिकारीको आवाजमा ‘कन्फ्युज’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारीको एकल आवाजमा गीत ‘कन्फ्युज छु’ को भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा लामो समयदेखि अमेरिकामा बस्दै आएका डा. चन्द्र गिरीको शब्दर रचना रहेको छ भने शंकर थापा (स्माइल) ले सङ्गीत भरेका छन् ।

उक्त गीतको भिडियो रुपान्तरा म्युजिकको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । साथै, भिडियोमा गम्भीर विष्टको निर्देशन तथा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

त्यस्तै रेश्मा घिमिरे, आर्यन खरेल, काजी दर्शन र डिमोन क्षेत्रीले उक्त भिडियोमा अभिनय रहेको छ । भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

गीतकार गिरीले सांगीतिक यात्रा सुरु गरेको छोटो समयमै करिब दर्जनको हाराहारीमा गीत रेकर्ड भईसकेको बताए । यस गीतमा माया प्रेमका प्रसंग उठान गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया