हलमा ‘यस्तो एउटा प्रेम कहानी’

काठमाडौं ।कोरोना कहरका कारण ठप्प नेपाली चलचित्र क्षेत्रले बल्ल लय समात्दैछ । लामो समयदेखि बन्द हल विस्तारै खुलिरहेका छन् । यसैबीच माघेसंक्रान्तिको छेको पारेर नेपाली सिनेमा हलमा बिहीबारदेखि ‘यस्तो एउटा प्रेम कहानी’ प्रदर्शनमा आएको छ। अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको यो चलचित्रदेशव्यापी प्रदर्शनमा आएको हो। सरकारले हल खोल्ने अनुमति दिएसँगै१० महिनादेखि सुनसान चलचित्र हलमा चहलपहल सुरु भएको हो । हल खुलेसँगै चलचित्र क्षेत्रले गति लिने विश्वास हलवालाले लिएका छन्। यसैबीच यही चलचित्रबाट संयक दर्शनधारीसँगै करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पर्दामा आएका छन् । चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्टर राख्दै प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई बिके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्। द्वन्द्वात्मक प्रेमकथा रहेको यस चलचित्रमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीसँगै आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धारा भुषाल, मिथिला शर्मा  गायतकाकलाकारको अभिनय छ। फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन्। अन्य समयमा हरेक शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने भएपनि यसपटक माघेसंक्रान्तिको अवसर पारेर प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया