खोजखबर

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

सौर्य अनलाइन २०७७ माघ १ गते २०:३७ मा प्रकाशित

बुटवल । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो । जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएका छन् । दुर्घटनामा घाईते हुनेमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् ।

त्यस्तै घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नविन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् । उनीहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ । जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय