खोजखबर

विभिन्न धर्म र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्छ : सभापति देउवा

सौर्य अनलाइन २०७७ माघ १ गते १२:४९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज माघे सङ्क्रान्तिको अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको हाम्रो देश नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्नेे आफ्नै परम्परा रहको उल्लेख गरेका छन् । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा मनाउने आम नेपालीको प्रचलन रहेको बताएका छन् ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना विभिन्न धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय