भद्रकालीमा आकाशे पुल मुनी बस पल्टियो

काठमाडौं । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा एउटा यात्रुबहाक बस दुर्घटना भएको छ । बिहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ । बसमा ५ जना सवार भएकोमा उक्त दुर्घटनामा १ जना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया