दैलेख । दैलेखमा परार रहेको ९ वर्षपछि दुई जना अभियुक्त पक्राउ परेका छन् । जिल्लाको भगवतीमाई गाउँपालिका–४ जगनाथका दुई जनालाई जातिय छुवाछुत तथा भेदभाव मुद्दामा दैलेख जिल्ला अदालतले २०६८ मंसिर १३ गते ८ महिनको कैद र जरिवाना सजाय तोकेको थियो ।
९ वर्ष पहिले छुवाछुत तथा भेदभाव मुद्दामा फरार रहेका २ जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पुष २७ गते पक्राउ गरि ल्याएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरिवेक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा भगवतीमाई गाँउपालिका वडा नं. ४ जगनाथका ५४ वर्वीय चक्र बहादुर शाही र ३१ वर्षीय केशव बहादुर शाहीलाई गाउँमै फेला पारी पक्राउ गरिएको र उनिहरुलाई कैद तथा जरिवाना भुक्तानिको लागि जिल्ला अदालत दैलेखमा पेश गरिएको दैलेख प्रहरीले जनाएको छ ।
दैलेख
प्रतिक्रिया