सेनाभित्र ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ स्थापना

काठमाडौं । नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७’को अवसरमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ स्थापना गरेको छ ।

सोमवार पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सैनिक जङ्गी अड्डास्थित श्री ५ पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरिएको छ ।

सोही अवसरमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

प्रतिक्रिया