कृषि सहकारी संघको साधारणसभा सम्पन्न

वीरगञ्ज । जिल्ला कृषि सहकारी संघ लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । महुवन स्वास्थ्यचौकीमा आयोजित साधारणसभाको प्रदेश–२ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा साहले उद्घाटन गरेकी थिइन् ।  उनले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तको परिपालना गर्दै उद्यमशीलताको विकास गरी सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि सहकारी संघसंस्था स्थापना भएको बताइन् । उनले सहकारी आर्थिक क्रियाकलाप गर्ने प्रजातान्त्रिक संगठन भएको बताउँदै यसले सामाजिक एकीकरण, रोजगार सिर्जना तथा गरिबी निवारणका लागि योगदान पु¥याउँदै आएको दाबी गरिन् ।

सहकारीको कारण ग्रामीण समुदायमा वित्तीय पहँुच र लैंगिक सशक्तीकरण बढेको, घरेलु हिंसा न्यूनीकरण भएको र विपन्न वर्गको उत्थान भएको दाबी गरिन् । संघका अध्यक्ष शिवकुमार साहले आव ०७६/७७ को वार्षिक कारोबार २१ करोड ५९ लाख ५० हजारको आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नेफस्कुनका सञ्चालक हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित, जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, युवा स्वरोजगार कोषका सुनील रौनियार लगायतको सहभागिता थियो ।
कार्यक्रममा स्वागत महासचिव खड्गबहादुर श्रेष्ठ र सहजीकरण अरविन्दकुमार साहले गरेका थिए ।

प्रतिक्रिया