५० यात्रु बोकेको जहाज उड्ने बित्तिकै सम्पर्कविहीन

जाकार्ता । ५० जना यात्रु बोकेको जहाज इन्डोनेसियाको जाकार्ता विमानस्थलबाट उड्ने बित्तिकै सम्पर्कविहीन भएको छ। श्रीविजया एयरको बोइङ ७३७ जहाज पोन्टियानाकाका लागि उडेको केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको छ।

उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार २४ डटकमका अनुसार जहाज एक मिनेटभन्दा कम समयमा नै ३ हजार मिटरभन्दा बढी उचाइमा तल झरेको थियो।

इन्डोनेसियाका अधिकारीहरूले जहाजको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। स्थानीय समयअनुसार पछिल्लो पटक जहाजसँग १४ः४० मा सम्पर्क भएको थियो। श्रीविजयाको यो जहाज २७ वर्ष पुरानो हो। जहाजका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन्। – बिबिसी

प्रतिक्रिया