काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितिको पुरुष तथा महिला ब्याडमिन्टन खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यमा कलाकारहरुका ‘प्रथम संस्थागत महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न भएको समन्वय समिति नयाँ बसपार्कका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए ।
उक्त प्रतियोगितामा चर्चित लोक कलाकारहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ वटा समूह र महिलातर्फ १४ समूहले भाग लिएको उनले बताए ।
प्रतियोगीहरु मध्ये पुरुषतर्फ प्रथम हुनेमा गायक डोलराज बारघरे र रमेशबाबु थापा मगर, द्वितिय गायक राजु ढकाल र सुवास केसी, तृतिय जिवन पन्त, निर आले मगर, कृष्ण रेउले र पिएन सापकोटाले उपाधी हासील गरेका थिए ।
त्यस्तै महिलातर्फ प्रथम गायिका देवी घर्ती, द्वितिय निता गुरुङ, तृतिय सृष्टी पुन र सुस्मिता घर्तीले उपाधी हात पारेको अध्यक्ष शाहीले बताए । प्रतियोगीतामा पुरुषतर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु ३ हजार, द्वितिय पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु २ हजार रहेको थियो ।
त्यस्तै, तृतिय पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु १ हजार रहेको थियो । यता महिलातर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु १५ सय, द्वितिय पुरस्कार कप, मेडल, प्रमाणपत्र र नगद रु ५०० रहेको अध्यक्ष शाहीले जानकारी दिए ।
प्रतिक्रिया