पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।

वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए ।

प्रतिरोपनी रु दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । करीब रु ६० लाख सङ्कलन भएको कोषबाट जग्गा खरीदमा रु ३८ लाख ५० हजार खर्च भएको छ । टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको रु २७ लाख पनि कोषमा राखिएको थियो । स्वदेश तथा विदेशमा भएका मराङवासीले कोषमा सहयोग जुटाएका हुन् ।

प्रतिक्रिया