माइत हिँडेकी महिलाको लडेर मृत्यु

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका–१ गन्मकी एक महिलाको माइत जाने क्रममा बाटैमा लडेर मृत्यू भएको छ । शुक्रबार बिहान घरबाट बेस्तडा जाँदै गरेकी २६ वर्षीया महिला पुश्पा रेग्मी (अधिकारी) को पगनाथको स्वास्थ्य चाौकी नजिकै बाटोमै एक्कासी लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजित सुनारले जानकारी दिए ।

शुक्रबार बिहाना वेस्तडा बजार जाने र बेस्तडाबाट सुर्खेत जाने भनी हिँडेकी २६ वर्षीय अधिकारी खगेन्द्र राज अधिकारीकी श्रीमती हुन् । उनको मृत्यु भइसकेकाले पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहल भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया