तेस्रो टेष्टका लागि भारतीय टिम घोषणा

नयाँ दिल्ली । ओपनर तथा उपकप्तान रोहित शर्माले भारतीय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । बिहिबारबाट सिड्नी क्रिकेट मैदानमा सुरु हुने अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलबाट रोहितले भारतीय टोलीमा पूनरागमन गरेका छन् । अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलको लागि भारतले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । रोहित टेष्ट टोलीमा १४ महिनापछि उपकप्तानको रुपमा फर्किएका छन् । रोहितले पछिल्लो पटक भारतीय टोलीबाट टेष्ट कोलकातामा बंगलादेशविरुद्ध नोभेम्बरमा खेलेका थिए ।

समग्रमा भारतीय टोलीमा ११ महिनापछि पूनरागमन गर्ने छन् । रोहित गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध टि२० आई सिरिजसँगै भारतीय टोली बाहिर थिए । रोहितले मयंक अग्रवालको स्थान लिएका हुन् । दुबै खेलमा कमजोर प्रर्दशन गरेका ओपनर मयंक अग्रवालको स्थानमा भारतले रोहितलाई मौका दिएको हो । विराट कोहली टोलीमा नहुँदा रोहितको प्रर्दशन टोलीलाई निकै महत्वपूर्ण हुने छ । राहित र सुभमन गिलले भारतीय क्रिकेट टोलीको ओपनिङ गर्ने छन् ।

तीव्र गतिका बलर नवदीप सैनीले भारतीय टेष्ट टोलीमा डेब्यू गर्ने छन् । उमेश यादव चोटका कारण बाहिरिएपछि सैनीले टोलीमा मौका पाएका छन् । दोस्रो टेष्टबाट भारतले टोलीमा दुई परिवर्तन गरेको हो । तेस्रो टेष्ट सिड्नी क्रिकेट मैदानमा बिहिबार सुरु हुने छ । पहिलो टेष्टमा भारत ८ विकेटले पराजित भएको थियो । दोस्रो टेष्टमा ८ विकेटले हराउँदै चार टेष्ट सिरिजमा १–१ को अवस्थामा पुर्याएको छ । दुबै टोलीलाई तेस्रो टेष्टको नतिजा निकै महत्वपूर्ण हुने छ ।

भारतको अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेल्ने टोली ः सुभमन गिल, रोहित शर्मा, चेतेश्वर पुजारा, रविन्द्र जडेजा, अजिंक्या रहाने (कप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रवीचन्द्रन आश्विन, नवदीप सैनी, मोहमद सिराज, जसप्रित बुमराह

प्रतिक्रिया