उद्यमीहरूको प्रारम्भिक छनोटका लागि स्थलगत अनुगमन सुरु

सिन्धुली । कमलामाई नगरपालिकाले युवाव्यवसायी उद्यमीहरूको प्रारम्भिक छनोटका लागि स्थलगत अनुगमन सुरु गरेको छ । नगर स्वरोजगार कार्यक्रमअन्र्तगत कमलामाई नगरपालिकाले नगर क्षेत्रमा युवा व्यवसायी उद्यमीहरूको प्रारम्भिक छनोटका लागि स्थलगत अनुगमन सुरु गरेको हो ।

नगरपालिकाको १०, ११ र १२ वडामा अनुगमन गरिसकेको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका सम्पूर्ण वडामा युवा व्यवसायी उद्यमीहरूको अनुगमन गरिने कमलामाई नगरपालिकाले जनाएको छ । युवाहरूको व्यवसायी हेरेर ऋण उपब्धल गराउने नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए ।

नगरपालिकाले विनाधितो र शून्य ब्याजदरमा ऋण दिने भनेपछि नगरपालिका क्षेत्रका युवा व्यवसायी उत्साहित भएका छन् । नगरपालिको यो निर्णय स्वागतयोग्य रहेको युवाहरूले बताएका छन् । एक युवा व्यवसायीलाई विनाधितो र शून्य व्याजदरमा पाँच लाखसम्म ऋण उपलब्ध गराउनेछ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया