सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट बीच सम्झौता

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपाल बीच सहुलियत पुर्ण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता पश्चात रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालार्ई १० लाख रुपैया सम्मकर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने छ ।

विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानु दिन बढ्ने र सो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोशजागर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । बिदेशमा रहंदा रोजगारीमामात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावशायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवशायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न सम्झौताले सहज पार्ने विज्ञप्तिमा उल्लेख छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाको सजिलो तथा उत्साहपुर्ण ढंगले प्रवाहगर्न बैंकले देशै भरी छरिएका १ सय ९ शाखाबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ । बैकले फैलिएका आफ्ना १ सय ९ शाखा, ९८ ए.टि.एम. र १ सय ६ शाखा रहित बैंकिग ईकाईबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिग सेवा प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया