गण्डकी । गण्डकी प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले चाडपर्व आत्मियताका धरोहर भएको बताएका छन् ।
पोखरा महानगरपालिका–३० गगनगौडास्थित गणेश नेवाः खलले योमोरी पुन्हिको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनेकतामा एकता नेपालको पहिचान भएकामा जोड दिए ।
चाडपर्वअनुसारका खानाले पनि शरीरलाई पौष्टिक आहार प्राप्त हुने बताउँदै उनले हाम्रा पर्व वैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताए ।
गणेश नेवाः खलाका अध्यक्ष दीपकराम ढेवाजु, संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्वसचिव नरेशकुमार श्रेष्ठलगायतले पर्व र संस्कृतिको महत्वमाथि प्रकाश पारेका थिए ।
संस्थाको विकासमा समृद्धिमा योगदान पु¥याउनुहुने निवर्तमान अध्यक्ष लिगल, तुलसीप्रसाद लिगल, नारायणकुमार श्रेष्ठ र मिसाःपुचका सदस्यलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया