रौतहट । जनकपुरदेखि बर्दिवास हँुदै वीरगञ्जसम्मको रेलमार्ग निर्माणको काम लामो समयदेखि चलिरहेको छ । सरोकारवाला निकाय रेलवे विभागले खासै चासो नदिँदा रेलवेको पहिलो चरणको निर्माणमा केही ठेकेदारहरूको मनोमानी बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्यमा आयोजनाका प्राविधिक र कर्मचारी निर्माणस्थलमा नबस्ने गरेकाले निर्माण ब्यबसायीले आपूmखुसी कार्य गर्दै आएका छन । रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना सर्लाहीका इन्जिनियर सुरेस साहले आयोजनासँग जनशक्ति नभएकाले निर्माणस्थलमा प्राविधिक कर्मचारी राख्न नसकिएको बताए । उनले निर्माण व्यवसायीको भरमा निर्माण कार्य भइरहेको बताए ।
रेल विभागको पेटी ठेक्का पाएको चौधरी कन्ट्रक्सनले गरेको काम गुणस्तरहीन भएको स्थानीयले बताएका छन् । हरेक १५÷१५ सेन्टिमिटरमा रोलिङ गर्नुपर्नेमा सो कन्ट्रक्सनले त्यसो नगरी धमाधम काम गरेका कारण समान्य वर्षामा समेत चन्द्रपुर–७ स्थित बनबहुअरी क्षेत्रको ड्याम भत्कन थालेको बनबहुअरीका स्थानीय दिनेश खनालले बताए । सो स्थानमा रेलमार्गको बेसमा झारपातसमेत सफा नगरी गिट्टी बालुवा हालेका कारण अहिले नै सो स्थानमा समान्य पानीले ड्याम भत्किएको स्थानीयले बताएका छन् ।
लामा र गोल्डेन गुड कन्स्ट्रक्सनले चपुर—गौर सडक खण्डभन्दा पूर्व र पश्चिमतर्फको करिब ६ किमि काम ठेक्का पाएको छ । निर्माण कम्पनीले रेलमार्ग निर्माण भइरहेको स्थानमा लागत इस्टिमेटको बोर्डसमेत राखेको छैन । यस कन्ट्रक्सनले सुरूआती चरणमै गुणस्तरहीन काम गरेकाले निर्माण गर्न बाँकी निर्माणको कार्य पनि हद सम्मको कमसल हुन्छ भन्ने यही सुरुआती कामले देखाएको छ । निर्माण भएका संरचनाको नियमित अनुगमन र मूल्यांकन रेलवे विभागले गर्नुपर्ने भए पनि विभागका प्राविधिक र कर्मचारीले नियमित अनुगमन नगर्ने गरेकाले ठेकदारसँग मिलोमतो गरेको स्थानीयको आरोप छ । पेटी ठेक्कामा बनबहुअरी क्षेत्रमा काम गरेको चौधरी कन्ट्रक्सनका एक जना इन्जिनियर बताउने अमितकुमार रिजालले आपूm पावरफुल मान्छे भएको र आफ्नो काम कसैले रोक्न नसक्ने भन्दै मनोमानी काम गरेको जानकारहरूले बताएका छन् ।
राैतहट
प्रतिक्रिया