भारतीय ट्रक र ट्याङ्कर आपसमा ठोक्किदा दुईको मृत्यु, दुई गम्भीर

जनकपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी मालटोलमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्याङ्कर एक आपसमा जुध्दा घटना स्थलमै दुई जनाको मृत्यु भएको छ भने दुई जना सख्त घाइते भएका छन् ।

घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया