मुगुमा संसद पुनःस्थापनाको माग गर्दै विरोध प्रदर्शन (फोटो फिचर)

मुगु । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै यतिबेला देशभर आन्दोलन भइरहेका छन् । मंगलबार मुगुसहित कर्णाली प्रदेशका जिल्लाहरुमा पनि संसद विघटनको विरोधमा सत्ता पक्षकै नेकपा प्रचण्ड माधव नेपाल सर्मथक नेता तथा कार्यकर्ताहरुले संसद पुनःस्थापनाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरि नेपाली जनतामाथि ठूलो विश्वासघात गरेर जनतको अभिपमतलाई लात हानेको विषयमा पछिल्ला केही दीन निरन्तर रुपमा विरोध प्रदर्शन भइरहेको छ । सोमबार संसद पुनःस्थापनाको माग गर्दै देशैभर नेपाली कांग्रेसले पनि विरोध प्रदर्शन गरेको थियो ।

त्यस्तै, मंगलबार पनि सत्तापक्ष नेकपा प्रचण्ड–माधव समूहका नेता तथा कार्यकताले संसद पुनःस्थार्पानको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । संवीधान विपरीत प्रधानमन्त्रीले गरेको संसद विघटनको कदमले नेपाली जनताको विकास, समृद्धि र स्थिरताको चाहनामाथि घात भएको दाबी नेकपा सत्ता पक्षका नेता तथा कार्यकताले बताउँदै आएका छन् ।

संसद विघटनपछि संसदमा देश र जनताको पक्षमा आवाज उठाउने सांसदको अधिकार कटौती भएपछि सडकमै आएर जनताको आवाज उठाउनुपर्ने अवस्था आएको सत्ता पक्षका नेता तथा कार्यकर्ता बताउँछन् । जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असंवैधानिक कदम उठाउन प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफी नदिने नेकपा मुगुका अध्यक्ष सुकविर बुढाले बताए ।

साथै, उनले न्यायलयले जनताको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । यद्यपि न्यायलयले पनि संवीधानको बेवास्ता गरी संसद पुनःस्थापना नभए जनताले अझै सशक्तरुपमा सडक संर्घषका कार्यक्रम अगाडि बढाउने अध्यक्ष बुढाले बताए ।

लिपुलेक लिम्पियाधुरामा भारतीय सेना हटाउ, संसद पुनःस्थापना गर, ओली मुर्दाबाद, केपी तिम्रो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै सडकमा उत्रिएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले सदरमुकाम गमगढीमा प्रदर्शन गर्दै बजार परिक्रम गरी कृष्णचोकमा कोणसभा गरेका थिए ।

प्रतिक्रिया