प्रधानमन्त्री ओली विरुद्ध पाँचथरमा पनि बिरोध प्रर्दशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँचथरमा पनि प्रधानमन्त्री ओलीले संसद विघटन जस्तो असंवैधानिक कदम चालेको भन्दै विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसले बजार परिक्रमा गरी कोणसभा गरेको छ । जुलुसको अग्रभागमा जिल्ला तथा प्रदेशका तहका नेता कार्यकर्ता देखिएका थिए । कालो ब्यानर सहित उनीहरु प्रर्दशनमा उत्रिएका थिए । गाँउ–गाँउबाट आएका युवा तथा महिलाहरु चिच्याउदै बिरोधका नारा लगाएका थिए ।


प्रतिगमन षडयन्त्र असफल पारौ, प्रतिगामी षडयन्त्र मुर्दाबाद, असंबैधानिक कु–खारेज गर, संसद अधिवेसन सुचारु गर, संंसद बिघटन गर्न पाईदैन, राष्ट्रिय सार्वभौमिकता स्वाधिनता र रक्षा गरौं, भारतीय सेना लिम्पियाधुरा, कालापनी छोड, पार्टी एकता जिन्दावाद, समाजबाद जिन्दावाद, माक्सवाद लेलिनवाद जिन्दाबाद, समाजबाद उन्मुख जनताको जनबाद जिन्दाबाद, ईन्क्लाब जिन्दाबा जस्ता नारा लगाएका थिए ।


जुलुसमा सहभागीहरुले फिदिमको गणतन्त्र चोकमा प्रदेश एकका सांसद गणेशकुमार काम्वाङको प्रमुख आतिथ्यमा कोण सभा भएको थियो । कोण सभालाइ नेकपाका हर्कबहादु नेम्वाङ, पार्टी सचिव, होम जवेगु, पूर्व मन्त्री श्रीजवेगु, साथै  गणेशकुमार काम्वाङ, तिबेन्द्र राज चापागाँईलगायतले सम्बोधन गरे । कोणसभालाई प्रमे रिजालले सञ्चालन गरेका थिए । बिरोधका लागि गाँउ–गाँउबाट फिदिम बजारमा सयाैंको संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जुलुसको सुरक्षामा दुवै निकायका सुरक्षा कर्मीहरुको बाक्लै उपस्थिती रहेको थियो ।

प्रतिक्रिया