अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका स्थायी कमिटीका सदस्य चक्रपाणि खनालकी आमा मुमादेवीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आज शोक सन्देशमार्फत दिवङ्गत मुमादेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका हुन् । मुमादेवीको ९५ वर्षका उमेरमा आइतबार राति ८ बजे काठमाडौंको नैकापमा निधन भएको थियो ।

प्रतिक्रिया