वर्षको सर्वोकृष्ट शब्द रचना अवार्ड गीतकार आचार्यलाई

काठमाडौं । गीतकार तथा सञ्चारकर्मी किस्ना आचार्य रोशनीले वर्षको सर्वोकृष्ट शब्द रचना अवार्ड हात पारेकी छन् । विश्वभरी महामारीका रुपले फैलिएको कोरोना भाइरसका कारण रोकिएको नेशनल पावर म्युजिक अवार्ड यही ११ गते पुष राजधानीमा सम्पन्न भएको थियो ।

सोही समारोहमा उनले सर्वोत्कृष्ट शब्द रचना लोक दोहोरीमा गीत ‘जोगी’ बाट अवार्ड हात पारेकी हुन् । नेपाली साहित्य र गीत संगीतमा सानैदेखि रुचि राख्ने रोशनीले विशेष गजल लेखमा बढी लगाव राख्ने गरेको बताइन् । उनले गजलमा सवालजवाफ गर्न पनि उत्तिकै साहसी छन् ।

६–७ कक्षामा पढ्दा आफैँले लेखेका गजल वाचन गर्दा साथीहरूबाट पाएको हौसला पनि पाएको आचार्यले सुनाइन् । स्कुले जीवनमै उनका ‘संघर्ष’ गजल संग्रह र ‘च्यातिएको मन’ उपन्याससमेत प्रकाशित भइसकेका छन् ।

स्कूल पढ्दा गजल लेखन र वाचन साथै लाईभ दोहोरी गायनमा समेत खप्पिस आचार्य काठमाडौं प्रवेश गरेपछि सञ्चार क्षेत्र र गीत लेखनमा अझैबढी सक्रिय हुन थालेको जानकारी दिइन् । उनका सिर्जनामा अहिलेसम्म सालैजो, लोकदोहोरी, आधुनिकलगायतका गीतहरू बजारमा आएका छन् ।

मोफसलमा रहँदै गीत, गजल र उपन्यास सार्वजनिक गरिसकेकी रोशनी करिब एक दशकदेखि काठमाडौंलाई कर्मथलो बनाएर लोकदोहोरी क्षेत्र र पत्रकारितामा कलम चलाइरहेकी छन् । यसरी विभिन्न कार्यक्रमहरुबाट दिइने अवार्ड तथा सम्मानले आफ्नो सांगीतिक परिवेशमा थप उर्जा प्राप्त भएको प्रतिक्रिया दिइन् ।

रोशनीले नेशनल पावर म्युजिक अवार्ड २०७५ मा युवा पत्रकारिता सम्मान, इपिक म्युजिक अवार्ड २०७४ मा रंग पत्रकारिता सम्मान, नाट्यस्वर म्युजिक अवार्ड, २०७५ मा मौलिक सिर्जना सम्मान र म्युजिक खवर म्युजिक अवार्ड २०७६ मा उत्कृष्ट शब्द रचना विधामा अवार्ड प्राप्त गरिसकेको जानकारी दिइन् ।

प्रतिक्रिया