काठमाडौं । झण्डै दुई दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक राजु गिरीले ‘रेड जोन’ लगायतका चलचित्र बनाउने घोषणा गरेका छन् । उनले आगामी दिनमा बन्ने चलचित्रको नाम सार्वजनिक गरेका छन् । जसमा म्याड लव, पूरा भयो सपना मेरो, कीर्ति, फटाहा नम्बर १, रेड जोन, तिम्रो हुने मन छ क्रमशः निर्माण हुने जानकारी निर्देशक गिरीले दिए । उनले पहिले नै मुहूर्त भएको र कोरोना कहरका कारण छायांकन हुन बाँकी दिलमाया–२, म्याड लव र कीर्ति एकपछि अर्को गरी छायांकन थालिने जानकारी दिए ।
निर्देशक गिरीका अनुसार आगामी माघ ७ गतेबाट रेड जोनको छायांकन थालिने र त्यसपछि क्रमश अरु चलचित्रको काम हुनेछ । कीर्ति र म्याड लवको निर्माण मिति सर्दै गएपछि आफूलाई ‘रेड जोन’ को कथावस्तु राम्रो लागेकाले यसको तयारीमा जुटेको निर्देशक गिरीले बताए । यी चलचित्रका निर्माता खगेन्द्र सुवेदी र के.एस. काफ्ले रहेका छन् । निर्देशक गिरीले बिग बजेटमा बन्ने चलचित्रको छायांकन बुटवल, नेपालगञ्ज र दाङ लगायतका स्थानमा हुने जानकारी दिए ।
प्रतिक्रिया