प्रदेश १ का मुख्यमन्त्रीले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई हटाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिए ।

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया